Logo
Logo

तीन कार्यपालिका सदस्यको पद रिक्त


882
Shares

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले सोमबार नेकपा (एमाले)लाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले उनीहरुको पद रिक्त भएको जनाएको छ ।

कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो । उनीहरु तीनैजना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १० बमोजिम दल त्याग गरेको भन्दै उनीहरुको पद स्वतः रिक्त भएको निर्वाचन आयोगका शाखा अधिकृत नवराज विष्टले बताए ।

उनीहरुमध्ये कुमाल पार्टी फुट्नेबित्तिकै एकीकृत समाजवादीमा आबद्ध भएका थिए । उनी हाल सो पार्टीका तुलसीपुर नगर सदस्य हुन् । रेग्मी एमालेको जिल्ला सदस्यमा निर्वाचित भएको हप्ता दिन नबित्दै एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्