Logo
Logo

शिवरात्रि पर्वले सहिष्णुता र भाइचारा अभिवृद्धि होस् : उपराष्ट्रपति


567
Shares

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले महाशिवरात्रि पर्वले सबै नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

यसैगरी उपराष्ट्रपति पुनले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधानसेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस परेको छ ।

प्रतिक्रिया दिनुहोस्