Logo
Logo

‘व्याख्यात्मक घोषणा’ जनता झुक्याउने खेल : ओली


1.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी अनुमोदनका क्रममा सरकारले पारित गरेको ‘व्याख्यात्मक घोषणा’ जनता झुक्याउने खेल मात्र भएको टिप्पणी गरेका छन् ।

सरकारले प्रमुख प्रतिपक्षी दलको अवरोधकै क्रममा एमसीसी पारित गरेपछि विशेष पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले जनता झुक्याउन सरकारले व्याख्यात्मक घोषणा जारी गरेको टिप्पणी गरेका हुन् ।

एमसीसीले सम्झौतामा उल्लेख भए बाहेकका कुनै पनि विषयले मान्यता नपाउने भनिसकेको अवस्थामा व्याख्यात्मक घोषणा गर्नु जनता झुक्याउने काम मात्रै भएको ओलीको भनाइ रहेको छ ।

अध्यक्ष ओलीले व्याख्यात्मक घोषणाको विरोध गरे पनि एमसीसी कार्यान्वयनमा जोड दिएका छन् । पत्रकार सम्मेलनमा ओलीले भने– ‘संसदबाटै एमसीसी पास भइसकेकाले अब यसलाई राष्ट्रहित विपरित नहुने गरी, स्वाधिनताको विपरित नहुने गरी, सार्वभौव नेपालीको स्वतन्त्रमा कुनै चोट नपुग्ने गरी कार्यान्वयनमा लैजानु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्