काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास पुगेको छ ।

अमेरिकी सहयोग सम्झौता अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएपछि असन्तुष्ट भएका नेता श्रेष्ठलाई भेट्न प्रचण्ड हात्तीवन पुगेका हुन् । मंगलबार दिउँसो प्रचण्ड र श्रेष्ठबीच आधा घण्टा छलफल भएको थियो ।
दुई नेताबीच एमसीसीको विषयमा छलफल भएको बताइएको छ । यद्यपी, दुई नेताबीच के–के विषयमा छलफल भयो भन्ने बाहिरिएको छैन ।
नेता श्रेष्ठले एमसीसी पास गर्न नहुने अडान राख्दै आएका थिए । उनले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन् ।
तर, प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित पारित गर्न सहमति जनाएका थिए । सोही अनुसार आइतबारको प्रतिनिधि सभाले सो विषयलाई टुंगो लगाएको थियो ।











