Logo
Logo

प्रचण्डले ‘विमति बैठकमा राख्ने हो, संजालमा होइन’ भनेपछि नारायणकाजी मत्थर


21.5k
Shares

काठमाडौं । एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद बढेको छ । एमसीसीको विपक्षमा उभिएका नेता नारायणकाजी श्रेष्ठले छुट्टै छलफलहरु गर्न थालेपछि माओवादीमा विवाद चर्केको हो ।

माओवादीले सुरुमा संशोधन नगरी एमसीसी पारित नगर्ने निर्णय गरेको थियो । तर, अन्तिम अवस्थामा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी अनुमोदन गर्न अध्यक्ष प्रचण्ड तयार भएपछि श्रेष्ठ लगायतका नेताले असन्तुष्टि जनाएका थिए ।

एमसीसी राष्ट्रघात भएको भन्दै नेता श्रेष्ठले आफ्ना पक्षका नेतासँग छुट्टै जुम मिटिङ गरेपछि अध्यक्ष प्रचण्ड रुष्ट भएका हुन् । उक्त जुम मिटिङमा नेता श्रेष्ठले यस्तै अवस्थामा पार्टी बस्न नसकिने धारणा राखेको विषयले प्रचण्ड रुष्ट भएका हुन् ।

पार्टी नै विभाजन गर्ने प्रकृयतिका गतिविधि भएपछि प्रचण्डले सोमबार पत्रकार सम्मेलन गरेरै एमसीसी अनुमोदन गर्ने निर्णयाको विपक्षमा उभिनुको अर्थ नहुने भनेका थिए । महाकाली सधिन्धको बेला रुष्ट भएर पार्टी विभाजन गरेका बामदेव गौतमले केही गर्न नसकेको उदाहरण दिँदै अध्यक्ष प्रचण्डले नेता श्रेष्ठ लगायतले विरोध गर्नुको अर्थ नरहेको पत्रकार सम्मेलनमार्फत भनेका थिए ।

पत्रकार सम्मेलनमै अध्यक्षले बामदेव गौतमसँग तुलना गरेपछि झनै रुष्ट भएर नेता श्रेष्ठले गतिविधि बढाएपछि मंगलबार प्रचण्ड र श्रेष्ठबीच छलफल भएको थियो । छलफलका क्रममा अध्यक्ष प्रचण्डले ‘विमतिहरु मिटिङमा राख्ने हो, सामाजिक संजालमा होइन’ भनेपछि श्रेष्ठ केही मत्थर भएका छन् ।

मंगलबारको भेटका क्रममा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठलाई ‘केन्द्रीय समितिको बैठक बोलाउ, बैठकमा विमतिहरु राखौं’ भनेका थिए । सोहीअनुसार माअ‍ेवादीले केन्द्रीय समिति बैठकको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्