काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीमा १४ जना केन्द्रीय कार्यसमितिमा मनोनित भएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
मनोनित हुनेहरुमा लिलादेवी श्रेष्ठ (इलाम), विन्दु पौडेल (नवलपुर), रेखा थापा (काठमाडौं), प्रेक्षा मल्ल (धनुषा), मीना झा (सर्लाही), सन्तोषी शाही ठकुरी (सुर्खेत), स्वाती थापा (रुपन्देही), पुष्पा रजौरिया (कपिलवस्तु), लक्ष्मी तण्डुकार (काठमाडौं) रहेका छन् ।
त्यस्तै समृद्धि राणा (उदयपुर), मीना न्यौपाने (चितवन), शान्ति माया गुरुङ (धादिङ), जयाकुमारी महतो (सप्तरी) र सावित्रा थापा (काठमाडौं) रहेको श्रेष्ठले जानकारी दिए।











