Logo
Logo

अब नयाँदिल्लीमा बीवाईडीको बस


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपालमा भण्डै एक वर्ष अगाडि भित्रिएको पाँच वटा बिजुली बस बीवाईडी पार्क, टंगालमा थन्किएको छ । एशियाली विकास बैंकले लुम्विनी विकास कोषका लागि एडिबीले चीनको बीवाईडी कम्पनीसँग खरिद गरेको उक्त बसलाई तत्कालीन पर्यटन सचिव कृष्णचन्द्र देवकोटाले ‘भारतमा निर्मित’ बस भने अस्वीकृत गरेका थिए ।

एक वर्ष अगाडि आएको यी पाँचवटा बस हामीले सञ्चालनमा ल्याएको भए सार्वजनिक यातायातमा विद्युतीय बस प्रयोग गर्ने देशमा भारतभन्दा नेपालको नाम अगाडि आउने थियो । किनभने बीवाईडी कम्पनीको प्राथमिकतामा नेपाल परेको थियो । बीवाईडीले नेपालमा बिजुली बस सञ्चालनसम्बन्धी ट्रेनिङ सेन्टर खोल्ने अवधारणा ल्याएको थियो । दक्षिण एशियाका देशमा चल्ने विद्युतीय सवारीका लागि नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने उसको चाहना थियो । तर, नेपालको भ्रष्ट कर्मचारीतन्त्रका कारण बीवाईडी जस्तो अन्तर्राष्ट्रमा नम्बर वान कम्पनी नेपालमा हच्कनुपर्ने अवस्था सिर्जना भयो ।

जबकि उक्त बस बीवाईडी चीनले निर्माण गरेको सयौं प्रमाणहरु मन्त्रालयमा अझै पनि सुरक्षित छ । यदि एक वर्ष अगाडि आएको यी पाँचवटा बस हामीले सञ्चालनमा ल्याएको भए सार्वजनिक यातायातमा विद्युतीय बस प्रयोग गर्ने देशमा भारतभन्दा नेपालको नाम अगाडि आउने थियो । किनभने बीवाईडी कम्पनीको प्राथमिकतामा नेपाल परेको थियो । बीवाईडीले नेपालमा बिजुली बस सञ्चालनसम्बन्धी ट्रेनिङ सेन्टर खोल्ने अवधारणा ल्याएको थियो । दक्षिण एशियाका देशमा चल्ने विद्युतीय सवारीका लागि नेपालमा दक्ष जनशक्ति उत्पादन गर्ने उसको चाहना थियो । तर, नेपालको भ्रष्ट कर्मचारीतन्त्रका कारण बीवाईडी जस्तो अन्तर्राष्ट्रमा नम्बर वान कम्पनी नेपालमा हच्कनुपर्ने अवस्था सिर्जना भयो । लुम्विनी क्षेत्रमा बढ्दो प्रदुषणलाई नियन्त्रण गर्न एडिबीले उक्त परियोजना अगाडि सारेको थियो ।

यसैबीच नयाँदिल्लीमा सार्वजनिक यातायात सञ्चालन गर्न त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवालले चीनको बीवाईडी कम्पनीमा निर्मित एक हजार वटा बस खरिदको सम्झौता गरेका छन् । उक्त बस बीवाईडी कम्पनीले भारतमै अलेष्ट्रा कम्पनीसँग मिलेर उत्पादन गर्दैछ । नयाँदिल्लीलाई प्रदुषणबाट जोगाउन विद्युतीय सवारीसाधनले ठूलो भूमिका खेल्ने त्यहाँका मुख्यमन्त्री केजरीवालको विश्वास छ । बीवाईडी कम्पनीका अध्यक्ष वाङच्याकफुको नयाँदिल्ली भ्रमणको अवसर पारेर नयाँँदिल्लीको स्टेट ट्रान्सपोर्ट कर्पोरेशन र चीनको बीवाईडी कम्पनीले उक्त सम्झौता गरेका हुन् ।

३६ सिट क्षमताको उक्त विद्युतीय बस वातानाकुलित रहेको छ । बेलुकीको समयमा बचत हुने विद्युतलाई बस पार्किङमा उपयोग गरेर दिनभर सार्वजनिक यातायात सञ्चालन गर्ने योजना स्टेट ट्रान्सपोर्ट कर्पोरेशनको रहेको बुझिन्छ । भारतको मनाली हिमाञ्चल प्रदेश, उत्तराखण्डको देहरादून, हैदरावाद र बैंगलोरमा पनि बीवाईडी कम्पनीकै सार्वजनिक यातायात सञ्चालन भइरहेको छ ।

भारतले सन् २०३० देखि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको उत्पादनमा रोक लगाएको छ । त्यसका लागि अहिलेदेखि नै विद्युतीय गाडी उत्पादन र सञ्चालनमा भारतले चासो देखाएको हो । अबको दश वर्षभित्र भारतले पूर्णरुपमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने तयारी गरिरहँदा नेपालले भने एक वर्ष अगाडि आएको विद्युतीय बस थन्क्याएर राखेको छ । सरकारले गत वैशाखदेखि काठमाडौंलगायतका शहरमा तीनवटा विद्युतीय बस सञ्चालन गर्ने घोषणा गरे पनि त्यसको तयारी अहिलेसम्म भएको छैन । बरु, उल्टै वर्षमा एक खर्ब बराबरको पेट्रोलियमबाट चल्ने सवारीसाधन आयात गरेर भारतसँगको व्यापार घाटा बढाइरहेको छ । चीनले पनि विद्युतीय सवारीमा अमेरिकालाई उछिनेको छ । चीनको सेजेन शहरमा पूर्णरुपमा विद्युतीय सवारी सञ्चालन भइरहेको छ । यसले बढ्दो वायु प्रदुषणलाई नियन्त्रण गरेको चिनियाँहरुको भनाइ छ ।

यता काठमाडौँ भानुभक्तको अल्कापुरीबाट धुँवाधुलोपुरीमा रुपान्तरण हुँदासमेत सरकार वातावरणमैत्री बन्न सकेको छैन । काठमाडौँको बढ्दो वायु प्रदुषणले हरेक घरमा बालवृद्धा बिरामी भएका छन् । काठमाडौँमा चल्ने अधिकांश सार्वजनिक यातायात पुरानो र यात्रुमैत्री छैनन् । काठमाडौंको वायु प्रदुषणमा ३७ प्रतिशत प्रदुषण गाडीको धुँवाबाट निस्किरहेको छ । विदेशबाट नेपाल घुम्न आउने पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै माक्स लगाएर हिँड्नु पर्ने अवस्था छ । बढ्दो सवारीसाधनका कारण सडक अस्तव्यस्त छ । तर, पनि सरकार काठमाडौँका जनतालाई पानीजहाज र रेलको सपना बाँडेर जिस्क्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्