Logo
Logo

सरकारले पुँजीगत खर्च गर्न सकेन : डा.महत


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको उनको भनाइ छ ।

नेपालमा अनुपयुक्त रूपमा बजेट धेरै ठूलो घोषणा गर्ने काम मात्र भएको उनले टिप्पणी गरे । उनले चालु आर्थिक वर्षमा १६ खर्बको बजेट रहेको र गएको ७ महिनाको रिपोर्ट हेर्दा जम्मा ५ खर्बमात्रै खर्च भएको तथ्यांक रहेको बताए ।

विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स समेत कम भएको अवस्थामा विकास आयोजनाहरुको सही तबरले कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्