उदयपुर । बेलका नगरपालिका–६ बस्ने १६ वर्षीया कबिता सुनुवारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बेलका नगरपालिका–३ बस्ने भारत सिक्किम बियुङ घर भएका १९ वर्षीय बिनोद ढकाल र १७ वर्षीया किशोरी रहेका छन् ।
बेलका नगरपालिका–३ स्थित यशोदा खोला किनारमा चैत्र २२ गते बिहान कबिता सुनुवारको शव फेला परेको घटनामा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ वर्षीया आरोपित किशोरी कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित किशोरीलाई होच्याउने, चिड्याउने गरी आघात पु¥याउने गरेको हुँदा रिसिईवी राखि हत्याको योजना बनाई एसईई तयारी कक्षाको लागि तीनै जनासँगै बिद्यालयतर्फ जाँदैगर्दा बिनोद ढकालले बियरको बोतल र ढुंगा प्रहार गरी हत्या गरी मृतकको शव यशोदा खोला किनार छेउमा रहेको काठको गोलियानजिक फालेको खुल्न आएको छ ।
उनीहरूमाथि जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














