काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने भएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बिहीबार अधिवक्ता गोविन्द बन्दीलाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्री नियुक्त भएपछि बडुले आपूर्ति मन्त्रालय सम्हाल्ने भएका हुन् । यसअघि बडूले उक्त मन्त्रालय सम्हाल्दै आएका थिए ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले बडूको जिम्मेवारी हेरफेर गरेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले २२ साउनमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका जेठान गजेन्द्र हमाललाई मन्त्री नियुक्त गरेका थिए । तर, चर्को विरोध भएपछि हमालले केही दिनमै राजीनामा दिएका थिए । त्यसयता यो आपूर्ति मन्त्रालय प्रधानमन्त्रीले आफैंसँग राखेका थिए ।














