Logo
Logo

कानुनभन्दा माथि कोही छैन : सभामुख


1.2k
Shares

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले देशका उच्च पदमा रहेका कोही पनि कानुनभन्दा माथि जान नहुने बताएका छन् ।

राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायत सबैले कानुन मान्नुपर्नेमा जोड दिँदै ‘ठूलालाई चयन सानालाई ऐन’ भने जस्तो हुनु राम्रो नभएको भन्दै उनले उच्च पदमा रहेकाले यसमा ध्यान दिनुपर्ने बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका–६ मा नवनिर्मित भ्यूटावरसहितको बुद्धपार्कको आज उद्घाटन गर्नहुँदै उनले सबैभन्दा माथि कानुन अनि मात्र पद रहेको बताए । उनले सङ्घीयता कार्यान्यनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले भ्रष्टाचार भनेको पैसाको लेनदेन मात्र नभई पदको दुरुपयोग पनि भएकाले अब युवा जागेर भ्रष्टाचार नियन्त्रणमा लाग्नुपर्नेमा जोड दिए । सभामुख सापकोटाले आज ६७ फिट अग्लो बुद्धको प्रतिमाको अनावरण गरे ।

नगरपालिकाले गौरवको आयोजनाका रुपमा थालनी गरेको बुद्धपार्क दारेगौरा भिरमा अवस्थित छ । उनले भ्यूटावरसहितको बुद्धपार्कले पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।

सङ्घीय सांसद एवं नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बुद्धपार्कको निर्माणले चौतारा साँगाचोकगढी नगरपालिकालाई थप पर्यटकीय पहिचान दिएको बताए ।

समुद्री सतहबाट करिब एक हजार ७०० मिटरको उचाइमा रहेको बुद्धपार्कबाट उत्तरको जुगल हिमशृङ्खला, गौरीशङ्कर हिमालको अवलोकन गर्न सकिन्छ भने पूर्वी क्षेत्रका मुडेलगायत अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ । त्यस्तै दक्षिणतर्फका धुलिखेल र नगरकोटलगायतको भूभागको दृश्य अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्