Logo
Logo

बार अध्यक्षमा घिमिरेको जित सुनिश्चित


3k
Shares

काठमाडौं । नेपाल बार एसोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्ति देखिएको छ ।

१४ सय मत गणना गर्न बाँकी रहँदा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष उम्मेदवार घिमिरेले ३७२८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १९७७ मत प्राप्त गरेका छन् ।

बारका प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार बिहीबार रातिसम्म ६ हजार मत गणना भएको छ । बारको निर्वाचनमा ७४२९ मत खसेको थियो ।

अब १४२९ मतगणना गर्न बाँकी छ । घिमिरे पाठकभन्दा १७५१ मतले अगाडि छन् । अब गणना गर्न सबै मत पाठकले पाएपनि घिमिरेको जीत हुनेछ ।

त्यस्तै, पदाधिकारीमा पनि घिमिरे समूहकै अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गरेकी छन् भने अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाएका छन् ।

यस्तै, कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत पाएका छन् । अर्का उम्मेदवार जगतबहादुर कार्कीले २१८८ मत पाएका छन् । मंगलबार बिहानदेखि मतगणना सुरु भएको थियो । मत गणना शुक्रबार सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्