Logo
Logo

भिन्नभिन्नै दुर्घटनामा ३ जनाको मृत्यु


315
Shares

काठमाडौं । कैलाली, गोदावरी नगरपालिका–३ स्थित सडकमा सु.प.प्र. ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सु.प.प्र. ०२–००४ प १११ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–७ बस्ने ३० वर्षीय पुरन कुमार मडैले र से ४ प ४७३० नम्बरको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ बस्ने ३२ वर्षीय लोकेन्द्र पार्की रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको पदमा अस्पताल प्रालि अत्तरियामा उपचार भइरहेको छ ।

यस्तै, मोरङ, उर्लाबारी नगरपालिका–४ आइतबारेस्थित सडकमा को.१ च ६३९९ नम्बरको पिकप भ्यानले को.३२ प ६९३१ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका–३ बस्ने २७ वर्षीय राजन धिमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्