Logo
Logo

महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा गर्भनर निलम्बित


8.4k
Shares

काठमाडौं । सरकारले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । उनलाई दुई वटा आरोप लगाएर विलम्बन गरिएको हो ।

पछिल्लो समय नेपालको अर्थतन्त्र पनि श्रीलङ्काकै जस्तो हुने हल्ला चलिरहेको बेला सरकारले गभर्नरलाई निलम्बन गरेको छ । किन निलम्बन गरियो भन्नेबारे सार्वजनिक वा औपचारिक रुपमा कसैले बोलेका छैनन् । तर उनलाई देशको आर्थिक अवस्था ध्वस्त पारेको तथा महत्वपूर्ण सूचनाहरु चुहाएको आरोपमा निलम्बन गरिएकाे स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो– ‘पछिल्लो समय अर्थतन्त्र संकटमा पर्नुमा गभर्नरको भूमिका रहेको कुरामा सरकार जानकार छ । त्यति मात्र होइन, अर्थतन्त्रलाई संकटमा पर्नेगरी उहाँबाट सूचना चुहावट भएको कुरासमेत सरकारालाई जानकारी प्राप्त भएको छ । यसैको आधारमा उनलाई निलम्बन गरिएको हो ।’

गनर्भनले अर्थतन्त्रलाई संकटमा पार्ने गतिविधि गरेको भन्दै बिहीबारको मन्त्रिपरिषद बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै छानबिन समिति पनि गठन गरेको थियो । छानविन समिति गठन गरेको भोलिपल्टै सरकारले अधिकारीलाई बर्खास्त गरेको हो ।

अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच केही समय अघिदेखि द्वन्द्व सुरु भएको थियो । वित्तीय प्रणालीमा देखिएको असन्तुलन र यसलाई समाधान गर्नको लागि ठोस कदम नचालेकै कारण अर्थमन्त्री शर्मा गभर्नर अधिकारीसँग रुष्ट थिए ।

गत असोजमा अर्थमन्त्री शर्माले सेयर बजारमा देखिएको समस्या, तरलता अभाव, मुलुकको वर्तमान अर्थतन्त्रलगायतका विषयमा नेपाल राष्ट्र बैंकसँग जवाफ मागेका थिए । तर गभर्नर अधिकारीले भने आफू कोभिड १९ बाट संक्रमित भएको बहाना बनाउँदै अर्थमन्त्रीले सोधेको कुनै पनि प्रश्नको जवाफ अर्थ मन्त्रालयलाई दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्