
काठमाडौैं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप कुमार लेखी सर्वसम्मत निर्वाचित भएका छन् । नवलपुरको अमलटारी सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनबाट प्रदीप कुमार लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो ।
बरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी निर्वाचित भएका छन् भने उपत्यकासहित ७ प्रदेशमा उपाध्यक्ष चयन गरिएको छ । प्रदेश १ मा कुलदीप चौधरी, मधेश प्रदेशमा प्रतिमा चौधरी, बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एशोसिएटमा सहदेव चौधरी र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् भने कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मनोनयन गर्न बाँकी छ ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी निर्वाचित भएकी छिन् भने उपमहासचिवमा विजय चौधरी निर्वाचित भएका छन् । यस्तै महिला तर्फको सचिवमा दिपशिखा चौधरी, पुरुष तर्फको सचिवमा लीलानाथ गच्छदार सर्वसम्मत भएका छन् भने कोषाध्यक्षमा कारी महतो सर्वसम्मत भएका छन् ।
केन्द्रीय सदस्यमा सबी चौधरी, धिरेन्द्र चौधरी, मनोज चौधरी, दिनेश कुमार चौधरी, राज चौधरी, जनक चौधरी, नवीन चौधरी, सुमित्रा चौधरी सर्वसम्मत चयन भएका छन् । बाँकी २ जना केन्द्रीय सदस्य भने केन्द्रीय कार्यसमितिले मनोनित गर्नेछ ।














