Logo
Logo

एमालेले देशको पछिल्लो अर्थव्यवस्थाबारे धारणा सार्वजनिक गर्दै


1.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भएको छ । आज पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो ।

पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार तीन जना पूव अर्थमन्त्रीहरुको उपस्थितिमा पत्रकार सम्मेलन हुँदैछ । एमालेबाट अर्थमन्त्री बनेका विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले कार्यक्रममा धारणा राख्ने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा. दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागीता रहने रिजालले बताएका छन् । उनका अनुसार पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारीको निलम्बनबारे औपचारिक धारणा आउने अपेक्षा गरिएको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर अधिकारीलाई निलम्बन गरिएकोमा चर्को विरोध जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्