काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मुलुकको आर्थिक अवस्था जोखिममा रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुने बताएका छन् ।

आइतबार एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै तथा पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको ९ महिनामै देशको आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थामा पुगेको बताए ।
उनले भने, ‘मुलुकको आर्थिक स्थिति जोखिमउन्मुख छ, जोखिमको स्तरमा नेपाल आइपुगेको छ, यदि हामीले सार्थक हस्तक्षेप गरेनौं भने, जे जस्तो समस्या देखिएका छन्, ती समस्याको निराकरण नहुने हो भने मुलुक श्रीलंका हुनबाट कसैले रोक्न सक्दैन ।’
गलत खालका नीति र मुलुकलाई श्रीलंका हुनबाट जोगाउँछु भन्ने दावी गरेर मात्र नहुने बताउँदै उनले मन्त्री वा प्रधानमन्त्रीले दावी गरेरमात्र मुलुकको बिग्रदो आर्थिक स्थितिबाट बाहिर निस्कने नसक्ने उनले बताए ।














