Logo
Logo

आईपीएल क्रिकेट : दिल्लीसँग हार्यो कोलकाता


693
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४४ रनले पराजित गरेको छ । मुम्बईमा दिल्लीले दिएको दुई सय १६ रनको लक्ष्य पछ्याएको कोलकाता तीन बल बाँकी छँदै एक सय ७१ रन बनाउँदा अलआउट भयो ।

कोलकाताका श्रेयर अय्यरले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, नितिश रानाले ३० रन जोडे । बलिङतर्फ दिल्लीका कुलदीप यादवले चार र खालिल अहमदले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले पाँच विकेट गुमाएर दुई सय १५ रन बनायो । उसका लागि डेभिड वार्नरले ६१ र पृथ्वी शावले ५१ रन बनाए । बलिङतर्फ कोलकाताका सुनिल नरायनले दुई विकेट लिए ।

उक्त खेलमा पराजित कोलकाता पाँच खेलमा ६ अंकसहित शीर्ष स्थानमा कायमै छ । दिल्ली चार खेलमा चार अंकसहित छैटौँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्