
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज (सोमवार) बस्दैछ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटीबारे छलफल गर्न बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको एक नेताले बताए ।
यसअघि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको आइतबार बसेको थियो । उक्त बैठकले चुनावमा हुने तालमेलबारे शीर्ष नेता बसेर टुंग्याउने निष्कर्ष निकालेको थियो ।
आजको शीर्ष नेताको बैठकले स्थानीय तहबाट आएका प्रतिवेदनमाथि छलफल गरी आगामी रणनीति तय गर्ने तयारी छ ।
शीर्ष नेताहरुको बैठकमा हुने छलफलका क्रममा प्राविधिक विषय मिलाउन आजै पौडेल नेतृत्वको समितिको बैठक समेत बस्ने बताइएको छ ।














