
काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिले आज शीर्ष नेतृत्व समक्ष प्रतिवेदन बुझाउने भएको छ ।
काँग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको समितिले सबै दलको स्थानीय तहको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने भएको हो ।
आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले देशभरका स्थानीय तहबाट आएको विवरणको आधारमा बनाएको प्रतिवेदन बुझाउन लागेको छ ।
गठबन्धनमा आवद्ध दलहरु काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल आवद्ध दलहरु स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय पछि उक्त प्रतिवेदन तयार पारिएको हो ।














