Logo
Logo

टिका प्रसाइँकाे गजल ‘तिमी विना’ (भिडियो)



काठमाडौं । पछिल्लो सयमकी चर्चित गायिका टीका प्रसाईंले गजल ‘तिमी बिना’ गाएकी छन् । जुन गजलको भिडियो हालै सार्वजनिक भएको छ । उक्त गजल गायिका प्रसाईँकै युट्युब च्यानलमार्फत भएको हो ।

सार्वजनिक गजलमा गणेश श्रेष्ठको शब्द, सन्तोष दुमेको संगीत तथा आदेश गुर्माचनले एरेञ्ज रहेको छ । राजु कार्कीको मिक्सिङ र मास्टरिङ रहेको यस गजललाईे किङ स्टुडियामा रेकर्ड भएको हो ।

लोकभाका, आधुनिक, सेमी–क्लासिकल, डान्सिङ्ग नम्बर जस्ता गीतहरु स्रोता तथा दर्शकमाझ पस्किएकी टीकाले यो फरक खाल्को गीत ल्याएको बताएकी छन् ।

उनले भनिन्, ‘लोकभाका, आधुनिक, डान्सिङलगायतका विधाका गीत श्रोता तथा दर्शकमाझ ल्याएको थिएँ । यसपटक मैले एक गजल लिएर आएकी छु । हामी सबैले यो गजललाई राम्रो बनाउन उत्तिकै मेहनत गरेका छौं । यो गीतलाई पनि माया गरिदिनु हुन्छ भन्ने विश्वास छ ।’

गायिका टीकाको यसअघि ‘माया लुकी लुकी’, ‘दोधारै मन’लगायत थुप्रै हिट गीत श्रोता तथा दर्शकमाझ आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्