एजेन्सी । युद्धले युक्रेनको अर्थ व्यवस्थामा गम्भीर असर पर्ने प्रक्षेपण गरिएको छ । युद्धका कारण युक्रेनको अर्थतन्त्र यसवर्ष झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको हो ।

युद्धको असरले युक्रेनको अर्थ व्यवस्था कोरोना महामारीले पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने विश्व बैंकको प्रक्षेपण छ । विश्व बैंकले युक्रेनमा शासन चलाइरहन र समस्यामा परेका नागरिकहरुलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो रहेको पनि बताएको छ ।
युक्रेनका अधिकांश काम गर्ने समूहका नागरिक लड्न र भाग्न बाध्य भएकाले व्यापार व्यवसाय ठप्प छ । सडक, कारखानालगायत अन्य पूर्वाधार ध्वस्त भएकाले वर्षौँको प्रगति शून्यमा झरेको विश्व बैंकको भनाइ छ ।











