Logo
Logo

विष्णु पौडेलको दाबी- निर्वाचनपछि ओली एकल बहुमतको प्रधानमन्त्री


2.9k
Shares

बझाङ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले चुनावपछि केपी शर्मा ओली एकल बहुमतको प्रधानमनत्री बन्ने दाबी गरेका छन् । सोमबार आयोजित एमालेको जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले सो दाबी गरेका हुन् ।

उनले एमालेका अगाडि कुनै पनि गठबन्धन नटिक्ने बताए । उनले भने, ‘अबको चुनावपछि ओली गठबन्धनको होइन, एमालेको एकल बहुमतको प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने, ‘कस–कसले गठबन्धन गर्न सक्छन् गरे हुन्छ । कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न सक्ने छैन । एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन ।’

पौडेलले गाउँ–गाउँमा कांग्रेस र माओवादीलाई एक्लै चुनाव लड्ने हिम्मत छ कि छैन भनेर सोध्न कार्यकर्तालाई आग्रह गरे । आगामी निर्वाचनमा एमालेलाई विजयी भएपछि अर्को पटकदेखि मालेविरुद्धमा कसैले उम्मेदवारी दिने हिम्मत गर्न नसक्ने बताए ।

उनले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ बनेको बताए । ‘गठबन्धन सरकार नेपाल र नेपाली समाजका लागि बोझ र जिउँदो लास भएको छ’, पौडेलले भने, ‘परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहान्छन् ।’

प्रतिक्रिया दिनुहोस्