Logo
Logo

एएफसी फुटसल एसियन कप : नेपाल समूह चरणबाट बाहिरियो


189
Shares

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । नेपाल ताजकिस्तानसँग ११-१ गोलअन्तरले हारेको हो । लागातार दोस्रो खेलमा पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

किर्गिस्तानमा आज भएको खेलमा नेपाल र ताजकिस्तानले पहिलो हाफमा १-१ गोलको बराबरी खेलेका थिए । दोस्रो हाफमा भने ताजकिस्तानले १० गोल गर्न पुग्यो ।

नेपालका लागि खेलको तेस्रो मिनेटमा अदिल हमिदले गोल गरेका थिए । यसअघि नेपाल आइतबार उज्वेकिस्तानसँग ५-१ गोलअन्तरले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले अब मङ्गलबार समूहचरणको अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्