Logo
Logo

एकीकृत समाजवादीको सप्तरी-काठमाडौं सम्पर्क मञ्चमा विरेन्द्र चौधरी


1.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)काे सप्तरी-काठमाडौं सम्पर्क मञ्च गठन भएको छ । सोमबार भएको भेलाले विरेन्द्र चौधरीको अध्यक्षतामा १५ सदस्य सम्पर्क मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा जीवनकुमार पोख्रेल, सचिवमा प्रज्वल थापा, कोषाध्यक्षमा रञ्जनाकुमारी चौधरी चयन भएका छन् । सदस्यहरुमा मिथिलेश चौधरी, पुरुषोत्तम चौधरी, उमेशकुमार चौधरी, निश्चल थापा, नवराज बराल, उमेश कार्की, शंकर कार्की, कौशिला पासवान ,मन्दिराकुमारी चौधरी, विपिन पाण्डे र उपेन्द्र खंग रहेका छन् ।

भेलालाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा विशेष प्रदेश कमिटी अध्यक्ष विरवलकाजी राई, केन्द्रीय प्रचार विभाग सचिव प्रकाश खतिवडा, मदेश प्रदेश सम्पर्क कमिटी अध्यक्ष वेदनाथ कोइराला, मदेश प्रदेश सम्पर्क कमिटी कोषाध्क्ष सत्रुघनप्रसाद चौधरी, अनेरास्ववियू केन्दीय सदस्य प्रज्वल थापा लगायतले सम्बोधन गरेका थिए ।

विशेष प्रदेश कमिटीका सदस्य भागवत चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नवगठित सम्पर्क मञ्चलाई विशेष प्रदेश कमिटीका अध्यक्ष राईले शपथग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्