Logo
Logo

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलको मापदण्ड बनाउने तयारी


3k
Shares

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ४ बजे बस्ने बैठकमा स्थानीय निर्वाचनका सन्दर्भमा छलफल हुनेछ ।

फाइल फोटो

निर्वाचन सफल बनाउनेबारे विषयमा छलफल हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘गठबन्धनका उम्मेदवार जिताउनेबारे विस्तृत छलफल हुन्छ । चुनावी तालमेलको मापदण्डबारे पनि निष्कर्षमा पुग्छौँ’, उनले भने ।

गठबन्धनका शीर्ष नेताहरूले सोमबार संयुक्त अपिल जारी गर्दै नेता–कार्यकर्तालाई सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न आह्वान गरेका थिए ।

देशैभर ठाउँ र अवस्थाअनुसार तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न उनीहरुले आग्रह गरेका हुन् । गठबन्धनभित्र तालमेलको मापदण्डबारे सहमति भने जुट्न बाँकी छ ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले पनि आजको बैठकले संयन्त्रमार्फत तालमेलको मापदण्ड तयार पार्ने बताएका छन् । ‘कुन तहबाट कसरी एक-आपसमा एकता गर्ने भन्नेबारे मंगलबार बैठकमा एउटा मापदण्ड बनाउछौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्