Logo
Logo

कक्षा १२ को परीक्षाको समय परिवर्तन


945
Shares

काठमाडौं । कक्षा १२ को परीक्षाको समय परिवर्तन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि प्रकाशित तालिका अनुसार बिहान ११ बजेदेखि दुई बजेसम्म हुने तय भएको थियो । विभिन्न सरोकारवालाको सुझाव अनुसार परीक्षाको समय हेरफेर गरेको बोर्डले सूचना निकालेर जनाएको छ । कक्षा १२ को परीक्षा आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्