Logo
Logo

कहिले सुध्रिएला अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध ?



काठमाडौं । २४ चैतको मन्त्रिपरिषदबाट निलम्बनमा परेका राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशमार्फत आफ्नो पदमा फर्किएका छन् । अर्थ मन्त्रालयले दिएको पटक–पटकको निर्देशन राष्ट्र बैंकले पालना नगरेको कारण मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीलाई निलम्वन गरिएको थियो । साथै, सर्वोच्च अदालतकै पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा छानविन समिति गठन गरिएको छ । सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदासम्म अर्थ मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्धमा चिसोपन आउने देखिन्छ । बिग्रदो अर्थतन्त्रलाई सुधार्न पनि अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्ध विश्वासिलो र भरपर्दो बन्नुपर्छ ।

२९ असार, ०७७ मा प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले पदीय जिम्मेवारी सम्हाल्दा नै अर्थतन्त्रको सूचक सन्तोषजनक थिएन । अघिल्लो सरकारले लगातार तीन वर्षदेखि लिएको गलत अर्थनीति र त्यसलाई संरक्षण गर्दै आएको राष्ट्र बैंकको व्यवहारका कारण चालु आव ०७९–८० को पहिलो महिनादेखि नै शोधानान्तर स्थिति घाटामा थियो ।

राष्ट्र बैंकले चालु आवको पहिलो महिना (साउन)को आर्थिक स्थितिबारे प्रकाशित गरेको प्रतिवेदनअनुसार साउनमा शोधानान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो भने, बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १.६ प्रतिशतले घटेको थियो । यी दुईवटै सूचकलाई त्यसयता निरन्तर सुधार गर्ने अर्थ मन्त्रालयको प्रयासमा राष्ट्र बैंकका गभर्नर अधिकारी उदासिन र बाधक बनिरहे, फलस्वरुप कालान्तरमा आएर यी नै दुई सूचक अर्थतन्त्र सुधारका लागि चुनौती बन्न पुगेका छन् ।

अनियन्त्रित आयातले विदेशी मुद्रामा चाप पर्न थालेपछि अर्थ मन्त्रालयले कात्तिक पहिलो सातादेखि राष्ट्र बैंकलाई आयात नियन्त्रणका कदम चाल्न सुझाव दिएको थियो । विभिन्न अर्थविद्हरुले सस्तो ब्याजदर (तत्कालीन समयमा ६–७ प्रतिशत) को ऋण आयातमा र घर–जग्गामा लगानी भइरहेको जानकारी अर्थ मन्त्रालयलाई दिएका थिए । त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा, अर्थसचिव मधुकुमार मरासिनीलगायतले ब्याजदर पुनरावलोकन तथा आयातमा गइरहेको ऋणलाई उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने गरी कडाइ गर्न सुझाव दिनुभएको थियो ।

अर्थ मन्त्रालयले दिएको यस्तो सुझाव कार्यान्वयन गरी अर्थतन्त्र सुधारका लागि पहल गर्नुको साटो गर्भनर अधिकारीले राष्ट्र बैंकको स्वायत्ततामा सरकारले हस्तक्षेप गरेको र आफूलाई विभिन्न निर्देशन दिएको भन्दै सञ्चारमाध्यममा सूचना दिई सस्तो लोकप्रियता हासिल गर्नतिर लागे । पदीय दायित्वविपरीत गभर्नर अधिकारीको यस्तो व्यवहारले सरकार आजित बनेको थियो ।

अर्थतन्त्रका सूचकहरु एकपछि अर्को गर्दै नकारात्मक बनिरहँदा राष्ट्र बैंक सरकारको सबैभन्दा भरपर्दो आर्थिक सल्लाहकार बनेर देखाउनुपर्नेमा गर्भनर अधिकारीले सस्तो लोकप्रियताका लागि अर्थ मन्त्रालय बिरुद्ध आफूलाई प्रयोग गर्न थाले । पुनकर्जा र सहुलियत कर्जाको ४ खर्ब रुपैयाँ भन्दा बढी ऋण घरजग्गामा लगानी भएको बिषयमा अर्थ मन्त्रालयले सचेत गराउँदा पनि गभर्नर अधिकारीले सो क्षेत्रमा गएको कर्जा कडाईमा कुनै कदम चालेनन् । घर जग्गा र बस्तु तथा सेवा आयातका लागि अत्यधिक कर्जा माग हुँदा उनले नियन्त्रणको पहल कदमी नै लिएनन् ।

अर्थ मन्त्रालयले दिएको यस्तो सुझाव कार्यान्वयन गरी अर्थतन्त्र सुधारका लागि पहल गर्नुको साटो गर्भनर अधिकारीले राष्ट्र बैंकको स्वायत्ततामा सरकारले हस्तक्षेप गरेको र आफूलाई विभिन्न निर्देशन दिएको भन्दै सञ्चारमाध्यममा सूचना दिई सस्तो लोकप्रियता हासिल गर्नतिर लागे । पदीय दायित्वविपरीत गभर्नर अधिकारीको यस्तो व्यवहारले सरकार आजित बनेको थियो ।

राष्ट्र बैंकले चालु आवका लागि जारी गरेको मौद्रिक नीतिमा कर्जा विस्तारको वार्षिक लक्ष्य १९ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिएको छ । तर, फागुन मसान्तमै कर्जा विस्तार ३२ प्रतिशत पुगिसकेको अवस्थामा पनि गभर्नर अधिकारीले कर्जामा कडाइ गर्न कुनै पहल नै लिएनन् । आयात र घर जग्गामा गएको कर्जाका कारण अर्थतन्त्र अप्ठ्यारो मोडमा पुगेको रिपोर्टपछि अर्थ मन्त्रालयले गभर्नर अधिकारीलाई कर्जा विस्तारमा कडाइ गर्न र मौद्रिक नीतिले लिएको लक्ष्यको वार्षिक सीमाभित्र कर्जालाई राख्न निर्देशन दिएको थियो । तर, त्यसलाई राष्ट्र बैंकले गम्भीरुरुपमा लिएन । ।

शोधानान्तर घाटाको स्थिति
चालु आवको कात्तिकसम्म शोधानान्तर स्थिति एक खर्ब १० अर्ब रुपैयाँ घाटामा थियो । तर, ्मंसिरसम्म आइपुग्दा करिब ८५ अर्ब रुपैयाँले बढेर एक खर्ब ९५ अर्ब रुपैयाँ घाटामा पुग्यो । यसरी ठूलो अंकले शोधानान्तर स्थिति ऋणात्मक हुन थालेपछि अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई आयातमा कडाइ गर्नुपर्ने सुझाव दिएको थियो ।

राष्ट्र बैंकले पुस पहिलो साता कम आयात गर्दा हुने २० बस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेपनि आयातदरमा खासै सुधार नभएको पाएपछि अर्थ मन्त्रालयकै सुझावमा पुस अन्तिम साता पुन थप २७ बस्तुको आयातमा नगद मार्जिनको व्यवस्था गरेको थियो ।

आयातमा गरिएको नगद मार्जिनको व्यवस्थाले शोधानान्तर स्थिति सुधारमा खासै सफलता नमिलेपछि अर्थ मन्त्रालयले धेरै आयात हुने प्रमुख वस्तु र कम आयात हुने बस्तुको सूची तयार गरी आयातमा नै नियन्त्रण गर्न राष्ट्र बैंकलाई सुझाव दिएको थियो । तर, खुल्ला अर्थतन्त्रमा निजी क्षेत्रलाई धेरै हस्तक्षेप गर्नु हुँदैन भन्दै राष्ट्र बैंकले आयात कडाईमा खासै चासो दिएन । जसकारण फागुन मसान्तसम्म आइपूग्दा शोधानान्तर स्थिति दुई खर्ब ५८ अर्ब रुपैयाँ घाटामा पुगेको छ ।

घुस माग्ने सञ्चालकलाई कारबाही खोई ?
नबिल बैंक र नेपाल बंगलादेश बैंक (एनएमबी)बीच मर्जर प्रक्रिया अघि बढिरहेका बेला मर्जरलाई सजिलो र छिटो अघि बढाइदिने बहानामा रकमको मोलमलाई गर्ने राष्ट्र बैंकका सञ्चालक समिति सदस्य सुबोध कर्णलाई कारबाही गर्न अर्थ मन्त्रायले दिएको निर्देशन गभर्नर महाप्रसाद अधिकारीले अहिलेसम्म अटेर गरेका छन् ।

नबिल र एनएमबीको मर्जर अघि बढिरहँदा गभर्नर अधिकारीको संरक्षणमा राष्ट्र बैंकका सञ्चालक कर्णले नबिलका एक अधिकारीसँग ३० हजार डलर ‘घुस’ मागेका थिए । तत्कालीन केपी शर्मा ओली सरकारका बेला एमालेबाट सञ्चालक समिति सदस्यमा सिफारिस सिए सुवोध कर्णले नबिल बैंकका एक अधिकारीलाई मोबाइलमा सन्देश पठाउँदै मर्जर प्रक्रिया छिटो अघि बढाइदिने र मर्जरपछिका सुविधामा पनि सहज बनाइदिने भन्दै पैसा मागेका हुन् ।

राष्ट्र बैंक सञ्चालक समिति सदस्यको यस्तो हर्कतलाई नबिल बैंकका अधिकारीहरुले अनपेक्षित भन्दै गर्भनर अधिकारीलाई रिर्पोटिङ गरेका थिए । स्रोतका अनुसार सञ्चालक समिति सदस्यले पठाएको म्यासेज गर्भनरको मोबाइलमा नबिल बैंकका तर्फबाट फरवार्ड गरिएको छ । ‘घुस’ माग्ने सञ्चालक समिति सदस्यलाइृ कारबाही हुने अपेक्षामा नबिल बैंकका अधिकारीले म्यासेज फरवार्ड गरे पनि राष्ट्र बैंकले यस विषयमा कुनै प्रक्रिया अघि बढाएको छैन । बरु सञ्चालक समिति सदस्यले नबिलका अधिकारीहरुलाई पैसा छिटो बुझाउन ताकेता गरेका थिए ।

कर्णले बारम्बार पैसा माग्दै सन्देश पठाएपछि नबिलका अधिकारीहरुले ५ हजार डलरसम्म दिनसक्ने जवाफ दिएका थिए । तर, कर्णले ३० हजार डलर नै चाहिने भन्दै बार्गेनिङ गरेका थिए । यो बिषयमा अर्थ मन्त्रालयमा समेत उजुरी परेपछि अर्थमन्त्री जनादर्न शर्मा प्रभाकर र सचिव मधुकुमार मरासिनीले गभर्नर अधिकारीलाई माघ पहिलो साता नै सचेत गराएका थिए ।

घुस माग्ने सञ्चालक समिति सदस्य कर्णलाई कारबाही नगरे राष्ट्र बैंकको सञ्चालक समिति बैठकमा अर्थ मन्त्रालयको उपस्थिति नरहने भनेर अर्थमन्त्री शर्माले घुस्याहा कर्णलाई कारबाही गर्न दबाब दिनुपरेको थियो । यति, दबाब दिएपछि गभर्नर अधिकारीले कर्णलाई सञ्चालक समिति बैठकमा बोलाउन छाडेका छन् तर अहिलेसम्म कारबाही प्रक्रिया सुरु गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्