Logo
Logo

सुनको मूल्य एक हजारले घट्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजारले घटेर रु. ९७ हजार २०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार २०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ७०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार २९० कायम रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८५८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्