Logo
Logo

रौतहटका सिडिओले गठबन्धनसँग साँठगाँठ गरेको एमालेको आरोप


3k
Shares

रौतहट । सत्ता गठबन्धनसँग मिलेको भन्दै रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निलम्बन गर्न सरकारसँग माग गरेको छ । मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणसम्म गठबन्धनसँग सिडिओले साँठगाँठ गरेको एमालेको आरोप छ ।

एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले बिहीबार विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका छन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवित बनाएको आरोप लगाउँदै अध्यक्ष साहले ‘सिडिओ कांग्रेसको कठपुतली’ भएको जनाएको छ ।
सिडिओसँगै केही कर्मचारीले गठबन्धनसँग साँठगाँठ गरी वातावरण त्रासद बनाएकाले साहले सरकारसँगै निर्वाचन आयोगसमक्ष निलम्बनको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्