Logo
Logo

राप्रपाले हेटौंडामा चुनावी सभा गर्ने


441
Shares

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुरमा चुनावी सभा गर्ने भएको छ । राप्रपा मकवानपुरले २५ वैशाखमा हेटौँडामा चुनावी सभा गर्ने भएको हो ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको प्रचार प्रसारका लागि गर्न लागेको सभालाई पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले सम्बोधन गर्ने छन् ।

राप्रपा मकवानपुर प्रवक्ता विशभ अधिकारीले हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा आमसभा हुने बताएका छन् । आमसभामा पार्टी प्रवेश कार्यक्रमसमेत रहेने राप्रपा मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्