Logo
Logo

गठबन्धनको जित सुनिश्चित छ : प्रचण्ड


2.4k
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धन स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गरेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको भन्दै विजयी हुने दावी गरेका हु्न् ।

अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको समेत बताए । उनले भने– ‘निर्वाचन जित्न असहज छैन ।’

भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु दाहाल प्रमुख पदको उम्मेदवार छन् । गठबन्धनले आज यहाँ चुनावी सभा आयोजना गरेको छ ।

सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्