काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ‘बयलगाढा दार्शनिक’ भएको बताएका छन् ।

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उक्त टिप्पणी गरेका हुन् । ओली बलयगाढाको प्रवर्द्धक भएको पनि अध्यक्ष नेपलाको भनाई छ ।
नेपालले भने- उनी (ओली) बयलगाढा प्रवर्द्धक हुन् । बयल गाढा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्रा फाल्नु उस्ता उस्तै हो भनेर निराशा छर्ने व्यक्ति हुन, गणतन्त्र विरोधि हुन् । बयल गाढा दार्शनिक हुन् ।’
उनले ओली महागफाडी भएको पनि बताए । उनले भने, ‘ओली महागफाडी हुन्, उनले गफमा विद्यावारिधि गरेका छन् । सधैँ भ्रमको खेती गर्छन् ।’














