Logo
Logo

कांग्रेसको प्रतिस्पर्धी माओवादी होइन, एमाले हो : रामचन्द्र पौडेल


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसको प्रतिद्वन्द्विता एमालेसँग भएको बताएका छन् । बिहीबार भरतपुरमा आयोजित गठबन्धनको सभामा सम्बोधन गर्दै उनले माओवादीसँग कांग्रेसको प्रतिद्वन्द्विता नभएको प्रष्ट पारे ।

उनले एमालेले अस्थिरतातिर लगेको भन्दै स्थिरतातर्फ लैजान गठबन्धनको आवश्यकता रहेको बताए। उनले आफैंले गठबन्धनको आह्वान गरेको स्मरण पनि गरे ।

ओली निमित्त नायक बनेको भन्दै उनले भन्दै उनले भने, ‘कांग्रेसको प्रतिस्पर्धा केपी ओली प्रवृत्तिको एमाले पार्टीसित छ । केपी ओली केपी ओली हाम्रो प्रतिस्पर्धी हो, प्रचण्ड होइन म हाम्रा चितवनका साथीहरुलाई भन्न चाहन्छ ।’

उनले गठबन्धन पछिसम्मै कायम राख्नुपर्ने बताए । उनले भने, ‘ भोलि मिलेर सरकार सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ?’

प्रतिक्रिया दिनुहोस्