Logo
Logo

कांग्रेसहरुले ‘हँसिया हथौंडा’मा भोट हाल्न अप्ठ्यारो नमाने गठबन्धन २० वर्षसम्म : प्रचण्ड


1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा कांग्रेसकै कारण एमालेसँग गठबन्धन गर्नुपरेको बताएका छन् ।

सत्तारुढ गठबन्धनले बिहीबार चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसहरुले माओवादीलाई भोट हाल्न आनाकानी गर्दा विगतमा एमालेसँग गठबन्धन गर्नुपरेको बताएका हुन् ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘विगतमा माओवादीहरु रुखमा भोट हाल्न तयार भए । तर, कांग्रेसहरु हँसिया हथाैंडामा भोट हाल्न तयार भएनन् । त्यसरी हँसिया हथौंडामा भोट हाल्न अप्ठ्यारो मान्ने चितवनका कांग्रेस साथीहरु नै हुन् । त्यस्तो अवस्थामा विगतमा कांग्रेस र माओवादीको गठबन्धनले निरन्तरता पाउन नसकेको हो । तर, अब त्यस्तो हुनु हुँदैन ।’

वामपन्थी र लोकतन्त्रवादी शक्तिहरु मिल्दा मात्र ठूला परिवर्तनहरु सम्भव भएको स्मरण गर्दै प्रचण्डले अहिले पनि वामपन्थी र लोकतन्त्रवादी शक्ति मिल्नुको विकल्प नरहेको बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनलाई २० वर्षसम्म लैजाने चाहना रहेको समेत बताएका छन् । उनले भने– ‘वर्तमान गठबन्धन त्यसै बनेको होइन । संविधान र व्यवस्था रक्षा गर्ने सन्दर्भमा बनेको गठबन्धन हो । त्यसैले म यो गठबन्धन २० वर्षसम्म लैजान चाहन्छु । तर, रुखमा भोट हाल्नेहरुले हँसिया हथौंडामा भोट हाल्न अप्ठ्यारो मान्नु हुँदैन, हँसिया हथांैडामा भोट हाल्देहरुले रुखमा भोट हाल्न अप्ठ्यारो मान्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्