Logo
Logo

मुलुकको हित र संविधानको रक्षाका लागि गठबन्धन : विश्वप्रकाश


441
Shares

फाइल फोटो

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको हित र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन् । उनले कुनै दलसँग डराएर गठबन्धन दलबीच तालमेल नभएको समेत स्पष्ट पारे ।

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संयुक्त गठबन्धनले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता शर्माले समाजको हितलाई सम्झेर स्थानीय निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

‘मतदान गर्दा आफू, परिवार, समाज र नगरको हितलाई केन्द्रमा राखौँ, योग्य उम्मेदवारलाई नगरको साँचो सुम्पिऔँ’ उनले भने ।

माओवादी केन्द्रका नेता एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले स्थानीय सरकारको अनुभूतिका लागि गठबन्धन बनाइएको बताए । अघिल्लो स्थानीय तह निर्वाचनबाट जनअपेक्षा पूर्ण हुन नसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्