Logo
Logo

सुनको मूल्य ६ सयले बढ्यो



काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९८ हजार ६०० तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला रु. ९८ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य रु. ६०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार १०० छ ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार २८५ पुगेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्