Logo
Logo

महेन्द्रनगरको बागफाटामा डिशहोम फाईवरनेटको सोरुम



काठमाडौं । डिशहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न बागफाटा, महेन्द्रनगरमा डिशहोम फाईवरनेट सोरुम सञ्चालनमा आएको छ । सो सोरुमको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टर सञ्चालनले गर्ने भएकाे हाे ।

सोरुम उद्घाटन, डिशहोमका तर्फबाट निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सर्भिस सेन्टर सुपर भाईजर ज्योती फार्सवान, रि–एलाईमेन्ट टेक्निसियन अनुज भट्ट र डिलरका म्यानेजर जगदिश भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

लामो समयदेखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने भएको हो ।

४०० सयभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराइसकेको जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरले अव अझ बढी ग्राहकहरूकोमाझ पुग्नका लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने जेनिशा मोबायल एण्ड ईलेक्ट्रोनिक सेन्टरका सञ्चालक हजारी चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्