Logo
Logo

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु. १०० ले बढेर रु. ९८ हजार ७०० तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९८ हजार २०० छ ।

यसको मूल्य आइतवार प्रतितोला रु. ९८ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु. एक हजार २८५ कायम रहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्