काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ७०० ले घटेर रु. ९८ हजार तोकिएको छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० छ ।
यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९८ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार २७५ तोकिएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।