Logo
Logo

काठमाडौंमा ‘वी आर अल एबल’ गल्फ प्रतियोगीता हुँदै


567
Shares

फाइल फोटो

काठमाडौं । आगामी सनिबार ( ७ जेठ २०७९) मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा छैटौं ‘वी आर अल एबल’ च्यारिटी गल्फ प्रतियोगीत हुने भएको छ ।

एबीलिटी डेब्लपमेन्ट सोसाइटी (एड्सन)को आयोजनामा सम्पन्न हुन लागेको प्रतियोगीतामा ७० जना खेलाडी सहभागी हुने छन् ।

प्रयोगीतामा सहभागीले रनर–अप, वेस्ट ग्रस, लेडिज वीनर, सिनियर वीनर, सुपर सिनियर वीनर, जुनियर वीनर, लङ्गेस्ट ड्राइभ वीनर, क्लोजेस्ट टु पिन र मस्ट बर्डिज टाइटल उपाधि पाउने छन् ।

सिंङ्गापुर एयरलाइन्सको सहयोगमा आयोजना हुन लागेको प्रतियोगीताका विजेताले काठमाडौं–सिङ्गापुर–काठमाडौं यात्राका लागि टिकटसमेत पाउनेछन् ।

आयोजनक संस्थाका अध्यक्ष रविन्द्रराज पाण्डले सिङ्गापुर एयरलाइन्सले ८ वर्षदेखि सहयोग गर्दै आएको बताउँदै अन्य सहयोगीलाई समेत धन्यवाद दिएका छन् ।

आयोजक संस्था एड्सनले लामो समयदेखि अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासमा कामग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्