
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।
४७ हजार १०० गणना गर्दा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३ हजार ३२६ मतको फराकिलो अग्रता लिएका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार रेनुले १७ हजार ९१० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले १४ हजार ५८४ मत पाएका छन् ।
उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले २० हजार ८८३ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ११ हजार ६३३ मत पाएका छन् ।














