Logo
Logo

पोखरामा धनराजको अनवरत अग्रता, एमाले ३ हजार मतले पछि


14.9k
Shares

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य निरन्तर अग्रताको यात्रामा छन् ।

जारी मतगणनामा सत्तारुढ गठबन्धनबाट मेयरका उम्मेदवार आचार्यले लगातार दुई दिनदेखि अग्रता लिइरहेको हुन् । सँगै, अग्रता मतसमेत बढाइरहेका छन् । आचार्यले अहिले २ हजार ८४५ मतसहित अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार आचार्यले २४ हजार २१ मत पाएका छन् । दुई दिनदेखि दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापाले २१ हजार १८७ मत पाएका छन् ।

उपमेयरमा पनि गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले निरन्तर अग्रता लिइरहेका छन् । पछिल्लो परिसणामअनुसार रानाभाटले २४ हजार ३०४ मत पाएका छन् । उपमेयरका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मञ्जुदेवी गुरुङले २४ हजार २०६ मतसहित पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्