Logo
Logo

आङ सिरिङ-सिरिङ पार्ने सुष्मा अधिकारीको मादक पोज



काठमाडौं । मोडल तथा अभिनेत्री सुष्मा अधिकारी शोसल मिडियामा निकै सक्रिय छिन् । फेसबुक र इन्स्टालगायका सामाजिक सञ्जालमा उनको एक्टिभिटी कारण उनको सधै चर्चा भइरहेको छ ।

यस्तै, हालै सुष्माले आफ्नो इन्स्टामा स्विमिङ पुलमा गरेका फोटोसुटका तस्बिरहरु शेयर गरेकी छन् । जुन तस्बिरहरु भारतीय मिडियाले समेत चर्चा गरेका छन् । हल्का गुलाबी रंगको बिकिनी पोजका सुष्माका तस्बिरलाई लिएर भारतीय अंग्रेजी पत्रिका टाइम्स अफ इण्डियाले आफ्नो अनलाइन संस्करणमा गसिप बनाएको छ ।

पछिल्लो समय सुष्मा भोजपुरी फिल्म उद्योगमा संघर्षरत छिन् । व्यस्तताका बाबजुद पनि उनी सामाजिक सञ्जालमा सक्रिय हुनु उनको विशेषता बनेको छ ।

सुष्मा आफ्नो फेसन सेन्सका कारण चर्चामा आइरहन्छिन् । साडी, लेहंगादेखि क्याजुअल पहिरन तथा बिकिनीमा सुष्माले आफ्नो हट अवतार देखाउने गर्छिन् । सुष्माले अभिनयको सुरुवात नेपाली फिल्मबाट गरेकी हुन् । यसपछि म्युजिक भिडियो हुँदै भोजपुरी फिल्ममा पाइला चालेकी हुन् । ‘दिवाना–२’ र ‘जय मधेस’लगायत उनका फिल्ममा दर्शकले निकै रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्