राजविराज । खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी जसपाका उम्मेदवार एवं निवर्तमान मेयर हेमायु हकले ५ हजार ६७ मत प्राप्त गरे । यसैगरी उपमेयरमा जसपाका रिताकुमारी चौधरी ६ हजार २३१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार यासमिन सुल्तान खातुनले तीन हजार २१० मत प्राप्त गरिन् । खातुन निवर्तमान उपमेयरसमेत हुन् ।
यो नगरपालिकामा माओवादी र नेकपा एकीकृत समाजवादी गठबन्धन गरेर चुनाव लडेका थिए । तर, गठबन्धन तर्फबाट उपमेयरका उम्मेदवार शत्रुधन प्रसाद साह भने पराजित भएका छन् । उनले मत दुई हजार ८४३ मात्र पाए ।














