काठमाडौं । सरकारले कृषि, यातायत, उर्जा पर्यटन र सूचना प्रविधिलाई आगामी आर्थिक वर्षको प्राथमिकता राखेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रममार्फत सरकारले कृषि, यातायत, उर्जा पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राखेको हो ।
सार्वजनिक गरेको नीति तथा कार्यक्रमले आर्थिक सम्भावनाको रुपमा उक्त क्षेत्रलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
मौद्रिक नीतिको संयोजनबाट आर्थिक वृद्धि र स्थायित्व हासिल गर्दै कृषि यातायत सुचना प्रविधि, उर्जा पर्यटन आर्थिक वृद्धिको सम्भावनाको रुपमा अघि बढाई आर्थिक पुनरुत्थानको विशेष कार्यक्रम उत्थानशील अर्थतन्त्र निर्माण गरिने उल्लेख छ ।














