
काठमाडौं । गोरखकाली रबर उद्योग र हेटौंडा कपडा कारखाना पुनः सञ्चालनमा आउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले गोरखकाली रबर उद्योग र हेटौंडा कपडा कारखाना पुनः सञ्चालनमा ल्याउन घोषणा गरेको हो ।
पहिले सञ्चालनमा रहेका तर अहिले बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने सरकारले नीति अघि सारेको छ ।











