Logo
Logo

गुजरात पहिलाे सिजनमै आईपीएलको फाइनलमा


1k
Shares

काठमाडौं । नवप्रवेशी गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल प्रवेश गरेको छ ।

गएराति भएको पहिलो क्वालिफाएरमा राजस्थान रोयल्सविरुद्ध गुजरातले ७ विकेटको सानदार जित निकालेकाे हाे । जितसँगै गुजरात पहिलाे सिजनमै आईपीएलकाे उपाधि नजिक पुगेको छ ।

गुजरातलाई अन्तिम ओभरमा पुग्दासम्म १६ रन आवश्यक थियो । १८९ रनको लक्ष्य पछ्याउने क्रममा मेविड मिलरले लगातार ३ छक्का प्रहार गरेपछि १९.३ ओभरमै लक्ष्य पूरा गर्याे ।मिलरले नटआउट ६८ रन बनाए । कप्तान हार्दिक पाण्ड्या ४० रनमा अविजित रहे । शुभमन गिल र म्याथ्यु वेड ३५÷३५ रन बनाएर आउट भए ।

ओपनर रिद्धिमन साहले भने रन जोड्न सकेनन् । बलिङतर्फ राजस्थानका ओबेद म्याकोय र ट्रेन्ट बोल्टले समान एक÷एक विकेट लिए । पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो ।

राजस्थानका लागि ओपनर जस बटलरले ८९ रनको अर्धसतकीय पारी खेले । क्याम्टेन सन्जु स्यासमनले ४७ र देवदत्त पाडिक्कलले २८ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ गुजरातका मोहम्मद शामी, यश दयाल, हार्दिक पाण्ड्या र साई किशोरले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्