Logo
Logo

दोहोरो अंकले बढ्यो सेयर बजार



काठमाडौं । साप्ताहिक कारोबारको तेस्रो दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक (नेप्से) १४.३७ अंकले बढेर २२३१.५७ विन्दुमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापद गर्ने सेन्सिटिभ इन्डेक्स पनि बुधबार २.४२ अंकले बढेर ४३५.०९ विन्दुमा पुगेको छ ।
बुधबार कारोबारमा आएका सबै समूहको उपसूचकहरु बढेका छन् । सबैभन्दा धेरै व्यापार समूहको उपसूचक १.५३ प्रतिशतले बढ्यो ।

बुधबार २६ लाख ९४ हजार ४२९ कित्ता सेयर किनबेच हुँदा सेयर बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार भने १ अर्ब ८ करोड ८८ लाख रुपैयाँको कारोबार भएको थियो।

बुधबार बलेफी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.९२ प्रतिशतले बढ्यो। कम्पनीको सेयर कारोबार मंगलबारदेखि सुरू भएको हो । यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य ५.८४ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस्