Logo
Logo

ओलीकाे प्रश्न- इपीजी प्रतिवेदन नेपालले किन बुझ्दैन ?



काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले इपीजी प्रतिवेदन बुझेर सदनलाई जानकारी गराउन आग्रह गरेका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा भाग लिँदै ओलीले नेपाल र भारतले संयुक्त रुपमा तयार पारेको उक्त प्रतिवेदनका बारेमा जनतालाई जानकारी गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका हुन् ।

‘भारतले बुझ्न मानेन भनेर पन्छन मिल्दैन । प्रधानमन्त्रीले तत्काल बुझेर सदन र जनतालाइृ जानकारी गरउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्